बागलुङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण


आदर्श अनलाइन, बागलुङ

गत बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको नतिजा आए सँग बागलुङ नगरपालिका नव निर्वाचित जनप्रतिनिधिलाई विहिबार सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरिएको छ । नगरपालिकामा निर्वाचित नगरप्रमुख उप्रमुख वडा अध्यक्ष र वडा सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराईएको हो ।

बागलुङ नगरपालिकाका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले नवनिर्वाचित नगरप्रमुख बसन्त कुमार श्रेष्ठलाई सपथ ग्रहण गराउनभएको थियो भने नगर उप–प्रमुख राजु खड्का, सवै वडा अध्यक्ष र वडा सदस्यहरुलाई नगरप्रमुख श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । बागलुङ नगरपालिकाका १४ वटै वडामा निर्वाचित जनप्रतिनिधिले एकै पटक सपथ ग्रहण गरेका हुन् ।

सपथ ग्रहण पश्चात बोल्दै नगरप्रमुख श्रेष्ठले अबको पाँच वर्ष जनताको सुख दुःखको सारथी बन्दै सवै नगरबासी प्रति उत्तरदायी भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले नगरपालिकामा निर्वाचित सवै जनप्रतिनिधिले अबको नगरपालिका कस्तो बनाउने भन्ने योजना सहित आएको र सवै हातमा हात काँधमा काँध मिलाएर अगाडी बढ्ने बताउनुभयो । ‘बागलुङका जनताले जुन जिम्मेवारी हाम्रो काँधमा दिनुभएको छ, हामी सवै हातमा हात काँधमा काँध मिलाएर विकासका लागि लाग्नुपर्ने छ, उपस्थित वडा अध्यक्ष र वडा सदस्यलाई केन्द्रीत गर्दै श्रेष्ठले भन्नुभयो हामी सवै जनताप्रति उत्तरदायी बन्नुपर्ने छ, अबको पाँच वर्षमा बागलुङ नगरपालिकालाई धेरै परिवर्तन गर्नुपर्ने छ ।’

उहाँले नगरमा सुसासन कायम गर्नका लागि र स्वच्छ नगरपालिका स्थापित गरी समुन्नत र समृद्धि नगरपालिका बनाउने जिम्मेवारी हामी सँग आएको हुँदा सवै वडा तह देखी मिलेर अगाडी बढ्नुपर्ने बताउुभयो ।

बागलुङ नगरपालिका साविक धौलागिरी अञ्चलको विकास सँग जोडिएको नगरपालिका भएका कारण यसका बारेमा गम्भिर रुपमा सोच्नुपर्ने बुझेको भन्दै त्यसका लागि हरेक राजनितिक दलका नेता सँग समन्वय गरेर अगाडी बढ्ने छौं ।

श्रेष्ठले निवर्तमान नगरप्रमुख जनकराज पौडेलका पाँच वर्षको अनुभवलाई समेटेर उहाँको निरन्तर सहयोगका साथ अगाडी बढ्ने बताउनुभयो ।
श्रेष्ठले दिन रात नभनी नथाकी अहोरात्र इमान्दारीताका साथ खटेर स्वच्छ नगरपालिका बनाउनका लागि स्वच्छ छविका साथ अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । उहाँले स्थानिय तहको निर्वाचनलाई सम्पन्न गर्नका निम्ती महत्वुपुर्ण भुमिका खेल्ने सवै निर्वाचन अधिकृत, सुरक्षा निकाय प्रमुख प्रशासन कर्मचारी र संचारकर्मी लाई हार्दिक धन्यबाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताको भनोभावना अनुसार काम गर्नुका लागि आग्रह गर्नुभएको थियो ।

सपथ ग्रहण कार्यक्रममा जिल्लामा क्रियाशिल राजनितिक दलका नेता तथा पुर्व सांसद संविधान सभा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम बागलुङ नगरपालिकाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस बासुदेव न्यौपानेको अध्यक्षता सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलको स्वागत र बागलुङ नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृत पुरुषोत्तम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *