आइतबार सहकारी खुलाउन अनुरोध

आदर्श अनलाइन, बागलुङ
जिल्ला सहकारी संघ लिमिटेड बागलुङले आइतबार पनि सहकारी संस्थाहरु खोल्न सूचना जारी गरेको छ ।

संघले विषयगत संघहरु, राष्ट्रिय बैंक लिमिटेड र म्यानेजर्स क्लव बागलुङको संयुक्त बैठक राखेर सरकारले आइतबार व्यवस्था गरेको बिदा दिन पनि सहकारी क्षेत्रमा देखिएको तरलता अभाव र आर्थिक वर्षको अन्त्यलाई मध्यनजर गरि संघ संस्था संचालन गर्न सूचना जारी गरेको छ ।

संघकी अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ द्वारा हस्ताक्षेरित सूचनामा आइतबारका दिन जिल्लाका सहकारी संस्थाहरुले सदस्यलाई सेवा दिने र समय तथा कर्मचारी व्यवस्थापन गर्न जिल्ला सहकारी संघले अनुरोध गरेको सूचनामा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *