जन्मदिनको अवसरमा मानवसेवा आश्रममा खाद्यन्न वितरण


आदर्श अनलाइन, बागलुङ

जन्मदिनको अवसरमा हुँने फजुल खर्च कम गर्दै बागलुङ नगरपालिका–८ सिगाना निवासी गोविन्द प्रसाद गौतमले मानव सेवा आश्रमलाई खाद्यन्न सहयोग गर्नुभएको छ ।

आफ्नो ६५ औं जन्मदिनको अवसरमा मानव सेवा आश्रम बागलुङ शाखामा पुगेर उहाँले खाद्यन्न हस्तान्तरण गर्नुभएको छ । दाताको भरमा चल्दै आएको आश्रमलाई गौतमले दुई बोरा चामल, एक कार्टुन तेल, दाल, आटा, चाउचाउ र तरकारी आश्रमका संयोजक विपना तामाङलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले आश्रमका सहयोगा पेक्षीहरुलाई दैनिक जीवन यापनमा सहयोग पु¥याउनका लागि १० हजार बराबरको आद्यन्न सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गौतमले जन्मदिनको अवसरमा आफ्ना दिवंगत आमा बुबाको संझनामा स्वरुप खाद्यन्न सहयो गरेको बतउँनुभयो । सहयोग हस्तान्तरण कार्यक्रमको सहजीकरण गौतमका छोरा तथा नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतमले गर्नुभएको थियो । यस्तै उहाँले आदर्श सञ्चार सहकारी संस्थाले स्थापना गरेको आदर्श दैविक प्रकोप कोषमा एक हजार १२० रुपैया जम्मा गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *