पोखरामा गठबन्धनका आचार्य र एमालेकी गुरुङ जीत तर्फ उन्मुख

आदर्श अनलाइन, पोखरा
पोखरा महानगरपालिकाको १ लाख ५ हजार ८६२ मत गणना गर्दा गठबन्धनका धनराज आचार्यले ३४१३ को अग्रता लिएका छन्।

मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार आचार्यले अहिलेसम्म ४२ हजार ३४८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण थापाले ३८ हजार ९३५ मत प्राप्त गरेका छन्।

यस्तै, उपमेयरतर्फ भने नेकपा एमालेकी मन्जु देवी गुरुङले १७६७ मतले अग्रता फराकिलो बनाउँदै लगेकी छन्। मन्जुले ४४ हजार ३०१ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले ४२ हजार ५३४ मत प्राप्त गरेकी छन्।

यता, राप्रपाले अहिलेसम्म ४७४७ मत प्राप्त गर्दा स्वतन्त्र लौरोले २६७७ मत पाएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *