बैंकर्स बागलुङद्वारा मानवसेवा आश्रमलाई नगद सहयोग


आदर्श अनलाइन, बागलुङ
बैंकर्स बागलुङले मानवसेवा आश्रमलाई नगद सहयोग हस्तान्तरण गरेको छ ।

बागलुङ स्थित सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत शाखा प्रमुख हरूको नित्तान्त ब्यक्तिगत सहयोग बाट सङ्कलित एकमुष्ठ रकम २५ हजार सोमबार एक कार्यक्रमका बीच मानव सेवा आश्रम बागलुङको प्राङ्गणमा आश्रमका अभिभावक सुनिता श्रेष्ठज्यू लाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा बोल्दै बैंकर्स बागलुङका अध्यक्ष दीपक शर्माले बैंकरहरु विशुद्ध परोपकारी भावनाले ओतप्रोतभै सामूहिक प्रयासबाट मानब सेवा प्रति समर्पित संस्था, मानवसेवा आश्रमको लागि उक्त रकम जुटाएको बताउनुभयो ।

कार्यक्रममा बागलुङ स्थित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका शाखा प्रबन्धकहरूको उपस्थिति रहेको थियो । कार्यक्रम बैंकर्स बागलुङका अध्यक्षका दीपक शर्माको अध्यक्षता र सचिव हेमराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *