दिगो विकास र सुशासन मार्फत नगरको विकास गछौँ–नगर प्रमुख श्रेष्ठ

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले ‘हाम्रो बागलुङ, हामी बनाउँछौँ’ भन्ने भावका साथ सबै पक्षलाई समेटेर नगरको सामाजिक, आर्थिक विकासको खाका कोर्ने बताउनुभयो । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङले बागलुङका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै श्रेष्ठले नगरलाई समुन्नत र समृद्धि नगरको रुपमा स्थापित गर्ने बताउनुभयो ।

उनले चुनावी प्रतिबद्धता पत्र अनुसार विकास योजना र प्रशासनिक सेवा प्रवाहलाई व्यवस्थित बनाउँदै लैजाने बताउनुभयो । उनले विकास र सुशासनमार्फत पाँच वर्षभित्रमा समुन्नत नगरको आधार खडा गरिने बताउनुभयो । श्रेष्ठले दिगो विकास र सुशासन मार्फत विकसित नगर बनाउने बताउनुभयो । बागलुङको व्यापार व्यवसाय वढाउन नयाँ नयाँ लगानी भित्राएर पर्यटकिय क्षेत्रहरु विकास आवश्यक रहेकोले दिर्घकालिन योजना बनाएर अगाडी वढ्ने उनको भनाई थियो ।

बागलुङ नगर क्षेत्रमा अबदेखि जथाभावी शाखा सडक निर्माण गर्न नदिने बताउनुभयो । उनले सडक पु¥याउन आवश्यक देखिएका ठाउँमा वडाको सिफारिसमा नगरपालिकाका इन्जिनियर र प्राविधिकको अध्ययनपछि मात्र काम अघि बढाइने जानकारी दिनुभयो । नगरप्रमुख श्रेष्ठले पद बहालीपछिको पहिलो निर्णय एक वर्षभित्रैमा बागलुङलाई बालमैत्री नगर बनाउने गरेका थिए ।

त्यसका लागि काम अगाडी बढ्को र विभिन्न दातृ निकायले सहयोग गर्न खोजिरहेको बताउनुभयो ।
कार्यक्रमा बोल्दै विसं २०४६ सालको राजनैतिक परिर्वतनपछि २०४९ मा भएको पहिलो स्थानीय निर्वाचनमा तात्कालिन कालिका गाउँ विकास समितिका उपाध्यक्ष लालचन्द्र राजभण्डारीले जनताको चाहना अनुसार विकासको बाटोमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य बलावती शर्मा, ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर विक हिमाल, बागलुङ नगरपालिका पूर्वनगर उपप्रमुख पद्यचन्द्र राजभण्डारी बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम स्वागत नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन गण्डकी प्रदेशका उपाध्यक्ष अर्जुन चोखालले गरेका थिए भने नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका महासचिव गोकुल कँडेलले संचालन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *