हेमराज शर्मा बने बैंकर्स बागलुङको अध्यक्ष

आदर्श अनलाइन, बागलुङ

बैंकमा कार्यरत कर्मचारीहरुको साँझा सस्था बैंकर्स बागलुङको अध्यक्षमा ग्लोबल आइएमई बैंक बागलुङ शाखाका प्रबन्धक हेमराज शर्मा सर्वसम्मत चयन भएका छन् । बुधबार बसेको सम्पूर्ण शाखा प्रबन्धकहरूको भेलाले शर्माको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।

जसको उपाध्यक्षमा नेपाल बङ्गलादेश बैंकका विकाश पौडेल, सचिवमा एनसिसि बैंकका प्रतिमा श्रेष्ठ र कोषाध्यक्षमा बैंक अफ काठमाडौँका टंक प्रसाद शर्मा चयन भएका छन्। कार्यसमितिको सदस्यहरूमा नेपाल बैंक लिमिटेड बागलुङका शाखा प्रबन्धक अमृत सेवा, एभरेष्ट बैंक बागलुङका शाखा प्रबन्धक सुजीत ज्ञवाली , प्रभु बैंक बागलुङका शाखा प्रबन्धक हेमन्त आचार्य, सनराइज बैंक बागलुङका शाखा प्रबन्धक अर्जुन पौडेल र ग्रीन डेभलपमेन्ट बैंक बागलुङका शाखा प्रबन्धक हरि अधिकारी चयन भएका छन्।

भेलाले नव आगन्तुक शाखा प्रबन्धकहरूको स्वागत तथा सरूवा भई जान लागेका बैंकर्स बागलुङका निर्वतमान अध्यक्ष दीपक शर्मा र अरु शाखा प्रबन्धकहरूको बिदाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यसमितिको बैठकले बैंकर्स बागलुङका पूर्वअध्यक्ष दीपक शर्मा र पूर्वउपाध्यक्ष सुदिप राजभण्डारीलाई बैंकर्स बागलुङको सल्लाहकारमा मनोनयन गरेको छ। बैंकर्स बागलुङले शैक्षिक, सामाजिक र मानविय क्षेत्रमा सहयोग गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *