वालिङमा सीसी क्यामेरा जडान

आदर्श अनलाइन, स्याङ्जा
स्याङ्जाको वालिङ नगरपालिकाले बजारका मुख्य–मुख्य चोकमा सीसी क्यामेरा जडान गरेको छ।

वालिङ नगरपालिकाको आर्थिक सहयोग, कालिका नेटवर्क प्रालिको फाइबर तथा प्राविधिक सहयोग र वडा प्रहरी कार्यालयको सहकार्यमा वालिङ बजारका मुख्य–मुख्य चोकमा सीसी क्यामेरा जडान गरिएका हुन्।

वालिङ नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इञ्जीनियर प्रकाश अर्यालका अनुसार नगरपालिकामार्फत डिभाइस खरिद गरिएको हो भने कालिका नेटले फाइबरमार्फत सीसी क्यामेरा जडान गरेको हो। नगरपालिका मुख्य–मुख्य चोक तथा नागरिकको बढी भीडभाड हुने ठाउँलाई लक्षित गरी ११ सीसी क्यामेरा जडान गर्ने कार्य जारी छ।

वालिङ नगरपालिकाभित्रका मुख्य गरी सिद्धार्थ राजमार्गका मुख्य–मुख्य चोक, भित्री बजारका मुख्य–मुख्य चोक गरी भकुण्डेबाट त्रियासीसम्मका चोकमा सीसी क्यामेरा जडान गरिएको छ।

वडा प्रहरी कार्यालयमा २४सै घण्टा यसबाट निरीक्षण गर्न सकिने छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *