नवौँ राष्ट्रिय खेलकुद छनौटमा बागलुङका ३ खेलाडी सहभागी हुने

आदर्श अनलाइन, बागलुङ
नवौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगितामा बागलुङका ३ जना खेलाडीले भाग लिने भएका छन् ।शनिबारदेखि पोखराको रङ्गशालामा हुने छनोट खेल प्रतियोगितामा बागलुङका ३ जना जिम्नाष्टिक खेलाडीहरुले भाग लिनेछन् ।

प्रतियोगितामा भाग लिनेहरुमा कृष्ण प्रसाद सापकोटा कँडेल, कृष्ण छन्त्याल, सुजन श्रीष रहेका छन् भने टिम कोचमा राजेश बास्कोटा रहेका छन् । उनीहरुलाई शुक्रबार जिल्ला खेलकुद विकास समिति बागलुङले बिदाई गरेको छ ।

बिदाई कार्यक्रममा धौलागिरी खेलकुद मण्डलका संस्थापक अध्यक्ष लक्ष्मण कुमार श्रेष्ठले खेलाडीलाई सफलताको शुभकामना दिए । उनले अनुशासन पूर्वक खेल प्रदर्शन गर्न खेलाडीलाई अनुरोध गरे ।

बागलुङ जिल्ला ज्याम्निष्टिक संघका उपाध्यक्ष रिपोर्ट जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य दिल बहादुर किसान र सञ्चालन परशुनारायण बोहोराले गरेका थिए ।

प्रतियोगिताबाट गण्डकी प्रदेशका ६ महिला र ६ पुरुष खेलाडी राष्ट्रय खेलकुद प्रतियोगिताको लागि छनोट हुनेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *