देवघाटधाम क्षेत्रमा सरसफाई

आदर्श अनलाइन, चितवन

चितवन नवलपुर समाज नेपालको निर्धारित बार्षिक कार्यक्रम अनुसार आज शनिबार पबित्र तीर्थ स्थल देबघाटधाम क्षेत्रमा सरसफाई गरिएको छ ।

देवघाटधामको तीथि पर्वहरुमा स्नान गरिनुका साथै देह त्याग पश्चात हिन्दू संस्कार अनुसार पार्थिव शरीरको अत्येष्टी÷ दाहा संस्कार गर्ने क्षेत्र वरपर र स्नान क्षेत्र वरपर सरसफाई गरिएको हो ।

बार्षिक कार्यक्रम अन्तर्गत यो बर्षको पहिलो कार्यक्रम मौसमको प्रतिकुल अवस्थाको बाबजुत उल्लेख्य संख्यामा उपस्थित सरसफाई गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको समाजका सल्लाहाकार भरतपुर महानगरपालिका वार्ड न १२ का नव निर्वाचित वडा अध्यक्ष श्री लेखराज पन्त हरी, देवघाटधाम बिकास समितिका प्रतिनिधि, देवघाटधाम टोल बिकास संस्थाका प्रतिनिधि, कार्यक्रममा प्राविधिक तथा जिन्सी सहयोग गर्ने सुइरो नेपाल, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

फोहोर ब्यवस्थापन गर्ने कार्यमा भरतपुर महानगर पालिकाको वातावरण शाखाले सहजीकरण गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *