निसीखोलामा एमालेले संगठन विस्तार अभियान थाल्ने


आदर्श अनलाइन, बागलुङ
नेकपा (एमाले) निसीखोला गाउँ कमिटिले संगठन विस्तार अभियानलाई तिव्रता दिने भएको छ । गाउँ कमिटिका अध्यक्ष भुमिराज घर्ती मगरको अध्यक्षतामा स्थानीय तहको निर्वाचनपछि बसेको समीक्षात्मक बैठकले सबै वडामा संगठन विस्तार अभियान सञ्चालन गर्ने तथा मतदाता धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको हो ।

बैठकमा गाउँपालिकाका सातै वटै गाउँ कमिटिबाट स्थानीयतहको निर्वाचनका बारेमा समीक्षात्मक रिर्पोटिङ गरी निर्वाचनमा भएका कमी कमजोरीलाई सच्चाएर अगाडि बढ्ने निर्णय गरिएको नेकपा एमालेका युवा नेता मिलन हमालले जानकारी दिनुभयो ।

बैठकले हरेक वडामा पाँच–पाँच जना अगुवा सम्मिलित ३५ जनाको टोलीले समग्र गाउँपालिकाको विकास र समृद्धिलाई ध्यानमा राखी बजेटका प्राथमिकता छनोट गरी गाउँपालिकामा ज्ञापन पत्र बुझाउने निर्णय गरिएको हमालले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *