यस्तो छ, आजको मौसम

आदर्श अनलाइन, काठमाडौँ
स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले देशभरको मौसममा बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकीका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति मधेश प्रदेशका थोरै भूभागमा हल्कादेखि मध्यम तथा प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मंगलबार प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा वर्षाको सम्भावना छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *