तारा एयर दुर्घटना : बाँकी शव काठमाडौँ लगियाे

आदर्श अनलाइन, बागलुङ

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव आज काठमाडौँ ल्याइएको छ । योसँगै तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ ।

विमान आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो ।

बाँकी शवहरूलाई आधार स्थल कोबाङ ल्याएर त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौँ ल्याएको हो । १० जनाको शव सोमबार नै काठमाडौँ ल्याइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *