कैदी बन्दीलाई दालमोट र आलु चिप्स बनाउने तालिम


आदर्श अनलाइन, बागलुङ
घरेलु तथा साना उद्योग कार्यालय बागलुङले बागलुङ कारागारमा रहेका कैदी बन्दीलाई दालमोट र आलु चिप्स बनाउने तालिम शुरु गरेको छ ।

जिल्ला कारागार कार्यालय बागलुङमा सुधार गृहमा रहेका पुरष बन्दीहरुको लागि कारागार कार्यालयको व्यवस्थापनमा एक हप्ते दालमोठ तथा आलु चिप्स बनाउने तालिम शुरु गरिएको छ ।
तालिममा पुरुष बन्दी एक सय ६९ जना रहेका छन् । तालिमको प्रशिक्षक लुमणी सूवेदीले गर्नु हुने भएको छ ।

तालिमको उद्घाटन गृह मन्त्रालयका सह सचिव शान्त बहादुर सुनारले गर्नु भएको थियो । तालिम उद्घाटन गर्दै तालिमबाट सिकेका कुराले भविष्यमा स्वरोजगार बन्नमा सहयोग पुग्ने र उद्यमशिलताको विकास सबै प्रत्येक व्यक्तिमा हुनु पर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा गृह मन्त्रालयका सह सचिव तथा कसुर जन्य सम्पत्ति व्यवस्थापन विभागका महार्निदेशक शान्त बहादुर सुनार, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, कारागार कार्यालयका जेलर दिल बहादुर खत्रीले शुभ कामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत विष्णुनाथ शर्मा, स्वागत मन्तव्य आर्थिक प्रशासन शाखा प्रमुख याम बहादुर थापा र कार्यक्रमका सभापतित्व कार्यालय प्रमुख गुमा देवी शर्माले गर्नु भएको थियो । कार्यक्रममा १६१ जना पुुरुष कैदीहरुले तालिममा सहभागी जनाएका छन् । सो कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थित समेत रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *