एकसाता अघि नै नेपाल भित्रियो मनसुन

आदर्श अनलाइन, काठमाडौ
नेपालमा यस वर्षको मनसुन सुरु भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार प्रदेश १ बाट मनसुन प्रणाली नेपाल प्रवेश गरेको दिउँसाे  प्रकाशित बुलेटिनमा जनाइएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको र हाल यस वर्षको मनसुन प्रणाली आजबाट नै नेपालको प्रदेश १ मा आगमन भएको महाशाखाले जनाएको छ ।

यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडि नै नेपालको पूर्वी भूभागमा प्रवेश गरेको देखिन्छ । नेपालको अन्य भूभागमा भने केही दिन पछि मनसुन प्रवेश हुने अनुमान महाशाखाले गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *