आजको मौसम : पूर्वमा मनसुन, पश्चिममा स्थानीय वायुको प्रभाव

आदर्श अनलाइन, काठमाडौँ
सुरुवातीमा मनसुन पूर्वी नेपालमा केन्द्रित बनेको छ । आइतबार पूर्वी नेपाल भएर प्रवेश गरेको मनसुन देशभर फैलने क्रममा रहे पनि पूर्वी नेपालमा वर्षा भइरहेको छ । यसबाहेक मध्य र पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बिहान प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेसका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश १, बागमती र गण्डकीका केही स्थान र मधेसका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ । महाशाखाका अनुसार बुधबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेसका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *