जिल्ला समन्वय समिति मुस्ताङको प्रमुखमा गुरुङ

आदर्श अनलाइन, मुस्ताङ

जिल्ला समन्वय समिति (जिसस) मुस्ताङको निर्विरोध नेतृत्व चयन भएको छ ।

नेकपा एमालेका प्रमुख, उप्रमुख र चार जना सदस्य र राप्रपाका एक जना सदस्य निर्विरोध भएका हुन् । स्थानीय तहका अध्यक्ष र उपाध्यक्षको मतदानबाट चयन हुने जिल्ला समन्वय समितिका लागि तोकिएको संख्या र पदमा एमालेको एकल उमेद्वारी दर्ता भएकाले निर्विरोध भएका हुन् ।

जिल्ला समन्वय समिति निर्वाचनको लागि सोमबार विहान १० देखि २ बजेसम्म मनोनयन दर्ताको समय तालिका थियो । समितिको प्रमुखमा नेकपा एमालेकी माया गुरुङ, उपप्रमुखमा आइतलाल थकाली, सदस्यमा शान्ता कुमारी विक, टसी ल्हामो सेनचरी, उमेश विक, विन्दु नेपाली र शान्ताकुमारी विक निर्विरोध हुनुभएको हो ।

स्थानीय तह निर्वाचनमा तालमेल गरेको राप्रपाका उमेद्वार विमल नेपालीलाई जिल्ला समन्वय समिति सदस्यमा निर्विरोध बनाउन एमालेले सघाएको छ । मुस्ताङका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जिल्ला समन्वय समितिका सवै पदमा एकल मनोनयन दर्ता भएको बताउनुभयो ।

निर्वाचन कार्यतालिका अनुसार जेठ २५ गते औपचारिक रुपमा निर्वाचित भएको घोषणा र प्रमाणपत्र वितरण गरिने उहाँले बताउनुभयो । पाँच वटा गाउँपालिका रहेको मुस्ताङमा नेकपा एमालेले चार अध्यक्ष र तीन उपाध्यक्ष तथा नेपाली काँग्रेसले एक अध्यक्ष र दुई उपाध्यक्ष जितेका थिए ।

जिल्ला समन्वय समिति प्रमुखमा निर्विरोध हुनुभएकी गुरुङ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ झारकोटको वडा सदस्य र उपप्रमुखमा उमेद्वार बन्नुभएका थकाली घरपझोङ गाउँपालिका–३ स्याङबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *