बागलुङका सहकारीकर्मीलाई योजना तथा बजेट निर्माण तालिम

रोहन जि.सी, बागलुङ
राष्ट्रिय सहकारी बैक लिमिटेड बागलुङ शाखाको आयोजनामा सहकारी संघ संस्थाहरुको वार्षिक योजना तथा बजेट निर्माण सम्बन्धी २ दिने तालिम मंगलवारदेखि शुरु भएको छ । सहकारी संघ संस्थाहरुलाई वार्षिक योजना निर्माण गरी प्रभावकारी सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यका साथ तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।

तालिमको उद्घाटन बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले आम जनताका बीचमा प्रत्यक्ष रुपमा काम गर्दै आएको सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न तथा योजना अनुसार अगाडि बढ्न तालिमले सहयोग पुग्ने धारणा राख्नु भयो ।

सहकारी क्षेत्रले सानो सानो पूँजि संकलन गरेर जनतालाइए वित्तीय रुपमा सक्षम बनाउदै आएको छ, जनतासंगबाट सहकारीमा जम्मा भएको पूँजीलाई उत्पादनसंगै सेवा क्षेत्रमा थप प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सहकारी र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

मुलुकको समृद्धिका लागि व्यक्ति समृद्ध हुन जरुरी छ, व्यक्तिलाई आर्थिक रुपमा सवल र सामाजिक रुपमा सक्षम बनाउन सहकारीको भूमिका विगतदेखि नै राम्रो रहदै आएको छ, नगर प्रमुख श्रेष्ठले भन्नुभयो–‘ अब एउटा सहकारीले एउटा उद्यम सञ्चालन गर्ने गरी योजना बनाएर काम गर्न आवश्यक छ ।’

तालिम उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु), नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक चण्डीप्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीको अध्यक्षता र शाखा प्रमुख युवराज त्रिपाठीको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठलाई राष्ट्रिय सहकारी बैंकका तर्फबाट वधाई तथा सम्मान गरिएको थियो ।

तालिममा बागलुङमा सञ्चालित विभिन्न सहकारी संघ संस्थाका ३५ जनाको सहभागिता रहेको छ । तालिमको सहजीकरण राष्ट्रिय सहकारी बैंक तालिम विभागका वरिष्ठ अधिकृत बल्लभ तिमिल्सिनाले गर्नु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *