आदर्श समाचार प्रभाव : हटाइयो कांग्रेस चोक


आदर्श अनलाइन, बागलुङ
बागलुङ बजारको एक चोकको नाम कांग्रेस चोक राखिएपछि विरोध भएको छ ।
उक्त चोकको नाम परिवर्तन गरी कांग्रेस चोक राखिएको समाचार मंगलबार आदर्श अनलाइनमा प्रकाशित भएपछि त्यसको चौतफी आलोचना भएको छ ।

बागलुङ नगरपालिका–२ नारायण घुम्तीलाई कांग्रेस चोकको नामाकरण गरिएपछि आदर्श अनलाइनमा समाचार प्रकाशित भएसंगै सामाजिक सञ्जालमा समेत चर्को आलोचना भएपछि उक्त नाम हटाइएको छ ।

बागलुङ बजारको ट्राफिक चोक हुँदै रुद्रेपिपल र बाङ्गेचौर जाने घुम्तीमा मंगलबार पर्खाल रङ्गाउदै ‘नारायणचोक घुम्ती बागलुङ बानपा–२ कांग्रेस चोक’को लेखिएको थियो ।

उक्त चोक नेपाली कांग्रेस बागलुङ नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ को घर अगाडी पर्दछ । तर उहाँलाई समेत चोकको नाम परिर्वतन भएको पत्तो भएन । चोक तथा गल्लीहरुको नाम सार्वजनिक महत्वको हुनुपर्ने भएपनि कुनै पार्टीको नामसंग जोडिएका कारण सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उक्त नाम अहिले मेटिएर नारायण घुम्ती कायमै गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *