नेकपा मसालका युवा नेता एमालेमा : पाए विभाग सदस्यको जिम्मेवारी

आदर्श अनलाइन, बागलुङ

नेकपा मसालका युवा नेता सञ्जाल शर्मा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले प्रवेश गरेलगत्तै उहाँलाई युवा तथा खेलकुद विभागको सदस्यको जिम्मेवारी समेत दिइएको थियो ।

नेकपा मसालको सहायक संगठन अखिल नेपाल युवक संघको केन्द्रीय सदस्य सञ्जाल नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । २ दशकसम्म मसालनिकट विभिन्न मोर्चामा काम गरिसकेका बागलुङका शर्मालाई बुधबार एमाले महासचिव शंकर पोखरेलले स्वागत गर्नुभएको थियो ।

उहाँलाई नेकपा एमालेको शक्तिशाली विभाग युवा तथा खेलकुद विभागको सदस्यको जिम्मा दिइएको छ । विभागको केन्द्रीय बैठक चलिरहँदा एमाले महासचिव पोखरेलले शर्मासहित १९ जनालाई सपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमाले कम्युनिष्ट विचारधारा राख्नेहरूको केन्द्र भएको बताउनुभयो । उहाँले एमाले नै भविष्यमा युवा परिचालन गर्दै राष्ट्र निर्माणतर्फ अगाडि बढ्ने पनि बताउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *