बागलुङमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गठन, अध्यक्षमा श्रेष्ठ

रोहन जि.सी, बागलुङ

बागलुङमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था स्थापना भएको छ । संस्था दर्ता ऐन २०३४ को अधिनमा रही जिल्ला प्रशासन कार्यालयमा विधिवत रुपमा दर्ता गरी शैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भ्रष्टाचार विरुद्धको ९ सदस्यीय नागरिक निगरानी संस्था गठन गरिएको हो ।

संस्थाको उपाध्यक्षमा राम प्रसाद शर्मा, सचिवमा राम बहादुर केसी, कोषाध्यक्षमा युक्तजङ्ग राजभण्डारी र सहसचिवमा मनमाया श्रेष्ठ रहनुभएको छ ।

त्यसैगरी समितिका सदस्यहरुमा राजेशचन्द्र राजभण्डारी, रमेश खड्का, रामराज गुरुङ्ग र जयलाल सापकोटा रहनुभएको छ । भ्रष्टाचार विरुद्धका सबैखाले गतिविधीलाई निषेध गरी सुशासन कायम र सामाजिक विकास निर्माणमा सहयोग पुर्याउने उदेश्यले भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था स्थापना गरिएको नव गठित निगरानी समुहका सचिव राम बहादुर केसीले बताउनुभयो ।

सामाजिक सुशासन र सम्मृद्धिका लागि भ्रष्टाचार बिरुद्धको निगरानी संस्था लाई गाँउ-गाँउसम्म पुर्याईने अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *