माओवादीको आफ्नै अस्तित्व छैन, अर्कोसँग टाँसिनुपर्ने बाध्यतामा छ : शंकर पोखरेल

आदर्श अनलाइन, काठमाडौं
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनबाट नेकपा माओवादीको जनमत झन् घटेको टिप्पणी गरेका छन् । शनिबार ललितपुरमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यक्रममा उनले माओवादी अब वामपन्थी शक्तिको रुपमा नरहेको बताएका हुन् ।

यो चुनावबाट नेकपा माओवादी केन्दलाई अत्यन्त ठूलो क्षति भएको छ । उसको सिट बढेको छ । तर जनमत उल्लेख्य रुपमा घटेको छ’ उनले भने, ‘०७४ सालको निर्वाचनमा उसले १७ प्रतिशत प्राप्त गरेको थियो । आज त्यो जनमत १३ प्रतिशत छ ।’

माओवादी अब वामपन्थी शक्तिको रुपमा नरहेको र आफ्नो अस्तित्व रक्षाका लागि कुनै न कुनै शक्ति टाँसिनुपर्ने बाध्यतामा पुगेको महासचिव पोखरेलले बताए ।

उनले अहिले नेकपा एमालेको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी नभई नेपाली कांग्रेस नै भएको बताए ।

सत्तारुढ गठबन्धनमा रहेका दललाई नेपाली कांग्रेसले उपयोग गरिरहेको पोखरेलले बताए । माओवादीलगायतका दलले कांग्रेसले आफ्नो स्वार्थका लागि अरुलाई उपयोग गरिरहेको छ भन्ने बुझ्न नसकेको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *