गुठीका युवाहरु सरसफाइ अभियानमा जुटे

आदर्श अनलाइन, बागलुङ
स्वच्छ वातावरण स्वस्थ नेपाली भन्ने मुल नारा साथ गुठी युवा क्लबले बागलुङ सदरमुकाममा रहेको चिप्लेटी बसपार्क एरियामा सरसफाइ कार्यक्रम गरेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ३ को सबैभन्दा ब्यस्त एरिया रहेको बागलुङ चिप्लेटी बसपार्कमा महिनौदेखि उठ्न नसकेको फोहोरका कारण वातावरण प्रदुषण भएको समस्या आएपछि गुठी युवा क्लबले बागलुङ नगरपालिका , जनप्रतिनिधि, सामाजिक संघसंस्था, यातायात ब्यबसायी, प्रहरी प्रशासन लगायत नागरिकको सहकार्यमा सरसफाइ अभियान शुरू गरेको क्लबले जनाएको छ ।

सरसफाई कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शनि केसी (लक्ष्मण) ले समाज परिवर्तनको लागि प्रत्येक शनिबार वडा नम्बर ३ मा सरसफाइ अभियानकै रूपमा लैजाने योजना रहेको बताउनुभयो ।

बागलुङ नगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि सामाजिक काम गर्दै आएको युवाहरूले गठन गरेको क्लबले स्वच्छ वातावरण स्वस्थ नेपाली भन्ने नारालाइ सार्थक बनाउन सरसफाइ अभियान शुरूवात गरेको क्लबका सचिव सुवास रुचालले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *