मानव अधिकार संरक्षण र सम्वर्द्धनका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया

आदर्श अनलाइन, बागलुङ

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङ शाखाको संयोजनमा आइतबार बागलुङमा मानव अधिकारको संरक्षण र सम्र्बद्धनका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका जस्ता संवेदनशिल मानवअधिकारका विषयमा आफु गम्भिर रहेको बताउनुभएको छ । उहाँले सञ्चारकर्मी र सञ्चारमाध्यमकै कारण अधिकार हनन्का घटना घट्दै गएको भन्दै यसलाई शुन्यमा झार्नको लागि सरोकारवाला एक हुनुपर्ने बताउनुभयो ।

बागलुङ नगरपालिकाकालाई छिट्टै बालमैत्री नगर घोषणा गर्ने तयारीमा रहेको भन्दै खड्काले सञ्चारकर्मी र जनप्रतिनिधी मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागलुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद शर्माले मानवअधिकारको क्षेत्र फराकिलो भएपनि मौलिक अधिकारमा समेटिका गाँस, वास र कपासमा सरोकारवाला संवेदनशिल बन्नुपर्ने बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवालाई जनमैत्री बनाउँनको लागि आफु सधै सम्वेदनशिल रहेको बताउनुभयो । उहाँले मानवअधिकारको विषय जस्तै पत्रकारको कमल पनि फराकिलो बन्नुपर्ने भन्दै जलवायु, पर्यावरण लगाएतका क्षेत्रमा देखिएका समस्याको बारेमा लेख्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा नागरिक समाजका संयोजक काजि गाउँले श्रेष्ठ, मानवअधिकार सञ्जालका गण्डकी प्रदेश संयोजक लक्ष्मी जिसी कार्की, अधिवक्ता राम शर्मा संकल्प नेपालका गण्डकी प्रदेश संयोजक सावित्री खड्का, पत्रकार प्रकाश बराल, तारानाथ आचार्य, खेमराज गौतम सुवास लगाएतले बोल्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय समाचार समितीका धौलागिरी संयोजक राम थापा ‘अविरल’ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत नेपाल पत्रकार महासंघ बागलुङका कार्यवहाक अध्यक्ष नविन शिशिर विक र सञ्चालन सचिव विजय रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *