एकता सहकारीले बनायो ५ वर्षे रणनीतिक योजना

आदर्श अनलाइन, बागलुङ
एकता सहकारी संस्था लिमिटेड बागलुुङले ५ वर्षे रणनीतिक योजना निर्माण गरेको छ । संंस्थाले २ दिने रणनीतिक योजना एंव कार्यशाला गोष्ठी मार्फत ५ वर्षे रणनीतिक योजना निर्माण गरेको हो ।

एकता सहकारीका संचालक, उप–समिति तथा कर्मचारीहरुको सहभागितामा सम्पन्न गोष्ठीबाट आर्थिक वर्ष ०७९/०८० देखि ५ वर्ष सम्मको रणनीतिक योजना निर्माण गरिएको संस्थाले जनाएको छ । रणनीतिक योजना तथा कार्यशाला गोष्ठीको उद्घाटन सहकारीका संरक्षक देव बहादुर श्रेष्ठ र पद्मचन्द्र राजभण्डारीले गर्नुभएको थियो ।

कार्यक्रममा संरक्षक देव बहादुर श्रेष्ठ, संरक्षक पद्मचन्द्र राजभण्डारी, सल्लाहकार तथा पुर्व अध्यक्ष कृष्ण शंकर श्रेष्ठ लगायतले सहकारीलाई उत्कृष्ट तथा नमुना बनाउन दिगो योजना तथा कार्यक्रमहरु तयार पार्नुपर्ने आवश्यक रहेको बताउनुभयोे ।

कार्यक्रम एकता सहकारी संस्थाका अध्यक्ष ध्रुव प्रसाद शर्माको अध्यक्षता, सचिव महेन्द्र प्रसाद कंडेलको सञ्चालन तथा सह–सचिव सुनिता पुरीको स्वागतमा सम्पन्न भएको थियो । संस्थाले रणनीतिक योजना मार्फत आगामी ५ वर्ष भित्र १० हजार शेयर सदस्य बनाउने, १ अरब सम्पत्ति, जिल्ला मुख्य केन्द्रमा सेवा केन्द्र बिस्तार गर्ने, सहकारीलाई प्रविधिमैत्री बनाउने, सहकारीलाई उत्कृष्ट सहकारीको रुपमा परिचित गराउने लगायतका योजना तथा लक्ष्य बनाइएको सचिव महेन्द्र प्रसाद कंडेलले जानकारी दिनुभयो ।

एकता सहकारी संस्थामा हालसम्म १ हजार ३ सय १२ जना शेयर सदस्य, १० करोड शेयर रकम, ३ करोड जगेडा कोष, २४ करोड निक्षेप, २६ करोड लगानी रहेको संस्थाका प्रबन्धक दिपक राजभण्डारीले जानकारी दिनुभयो । सहकारीले शेयर सदस्यहरुलाई केन्द्रीय कार्यालय तथा १ सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको र मोबाइल बैकिंग तथा बैंक ट्रान्सफर लगायतका सेवा प्रदान गरिने राजभण्डारीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *