बरेङमा केन्द्रीय प्रसारण लाइन विस्तार

रोहन जि.सी, बागलुङ
बागलुङको बरेङ गाउँपालिकामा नेपाल विद्युत प्राधिकरणले केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । केन्द्रीय प्रसारण लाइनको पहुँचमा नरहेका बरेङ–१ ओखरेनी माझगाउँ, थुम, लुङदी चौडिला, सोलथापा, गडेल गाउँहरुमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको हो ।

सामुदायिक विद्युतीकरण मार्फत केन्द्रीय प्रसारण लाइन नपुगेका गाउँहरुमा विद्युत पुर्याइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । नेपाल विद्युत प्राधिकरण, बरेङ धुल्लुबास्कोट उपभोक्ता समितिका अध्यक्ष छत्रबहादुर थापाले विद्युतको स्विच थिचेर विद्युतीकरणको उद्घघाटन गर्नुभएको थियो ।

स्थानीय खोलामा रहेको पावर हाउसबाट उत्पादित बिजुलीले धिपधिपे बत्ती मात्रै बल्थ्यो,” उहाँले भन्नुभयो, “अब राइस कुकरमा खाना बन्छ, स–साना कलकारखाना चलाउन सहज हुन्छ ।”

लघु जलविद्युत् उपभोग गर्दा बिहान–बेलुका बत्ती मात्रै बालिरहेकामा अब भने ११ केभिए प्रसारण लाइनबाट वडाका ११० घरधुरीले केन्द्रीय विद्युतको उपयोग गरेका अध्यक्ष थापाले बताउनुभयो ।

त्यस्तै वडा नं १ छाप, उर्लेनी, जमाने, ठाकुरचौर, गुवाडी र तल्लो गडेलका बस्तीमा तुरुन्तै विद्युतको पहुँच पुर्याइने भएको छ । बरेङका कतिपय गाउँहरुमा अहिले पनि केन्द्रीय प्रसारण लाइनको पहुँच पुगेको छैन । आगामी पाँच वर्षमा सबै गाउँमा केन्द्रीय लाइनको पहुँच विस्तार गरिने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *