जिल्ला भलिबल संघ बागलुङको अध्यक्षमा भण्डारी

रोहन जि.सी, बागलुङ

जिल्ला भलिबल संघ बागलुङको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट योगेश भण्डारी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । अधिवेसनमा भण्डारीको नेतृत्वमा जिल्ला संघको कार्यसमिति पनि निर्विरोध चयन भएको हो ।

संघको प्रथम उपाध्यक्षमा गोरख भण्डारी र उपाध्यक्षमा किसोर थापा चयन हुनुभएको छ । महासचिवमा सन्दिप पन्त र कोषाध्यक्षमा प्रकाश थापा चयन भएको हो ।

निर्वतमान अध्यक्ष यामबहादुर श्रीषले दिएको जानकारी अनुसार सदस्यमा लुकु श्रीष, हिमाली रोका, निरकुमार घर्ती, लीलकुमार छन्त्याल, दिलीप थापा, तेजिन्द्र क्षेत्री, देवबहादुर श्रीष र अमृता जिसी रहनु भएको छ । निर्वाचित कार्यसमितिले मनोनित गरेर कृष्ण शेरचन, दोर्ण कार्की, सरोजकुमार घर्ती, मनबहादुर पुन र राजमान बुढालाइ पनि सदस्यमा चयन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *