गाँजाको धुलो सहित दुई पक्राउ


आदर्श अनलाइन, बागलुङ

जिल्ला प्रहरी कार्यालय बागलुङले आज लागु औषध गाँजाको धुलो सहित दुई जनलाई पक्राउ गरेको छ । बागलुङ बजारको एक रेष्टुराँमा लागु औषधको कारोबार भइरहेको भन्ने जानकारीका आधारमा प्रहरीले ३९० ग्राम गाँजाको धुलो सहित दुई जनालाई पक्राउ गरेको छ ।

गाँजाको धुलो सहित पक्राउ पर्नेमा चितवन जिल्ला खैरहनी नगरपालिका वडा नं. ६ स्थायी वतन भई हाल बागलुङ नगरपालिका वडा नं. २ श्रीनगरटोल बस्ने बर्ष २३ को समिर अन्सारी र जिल्ला बागलुङ काठेखोला गा.पा. वडा नं. ४ तंग्राम बस्ने बर्ष २२ को राजु थापाले रहनुभएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *