जननिगरानी साप्ताहिकको पाँचौ वार्षिकोत्सव


आदर्श अनलाइन, बागलुङ

बागलुङबाट प्रकाशित जननिगरानी साप्ताहिकले पाँचौ वार्षिकोत्सव मनाएको छ ।

गुँहेली सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित जननिगरानी साप्ताहिकको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सांसद तथा नेकपा एमालेका केन्द्रिय सदस्य इन्द्रलाल सापकोटाले पत्रकारिता र मिडिया टिकाउन राज्य पक्षले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।

अहिलेको चुनौती भनेको मिडियालाई सवल बनाएर दक्ष पत्रकार उत्पादन गर्ने भएकाले स्थानीय तहले स्थानिय मिडियाको अपनत्व लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका संस्थापक अध्यक्ष अम्मर बहादुर थापा, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, बागलुङ दूग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतम र पत्रकार महासंघ बागलुङका सचिव विजय राना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम गुहेली सञ्चार सहकारी संस्थाका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षता, सम्पादक नविन शिशिर बिकको स्वागत तथा सचिव सूर्य बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । ्

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *