अन्तराष्ट्रिय यौन हिंसा उन्मूलन दिवसको अवसरमा रक्तदान

रोहन जि.सी, बागलुङ

अन्तराष्ट्रिय यौन हिंसा उन्मूलन दिवसको अवसर पारेर बागलुङमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल बागलुङ नगर कमिटी तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्मार्थी युनियन (अनेरास्ववियु) को संयुक्त आयोजनामा दिवसको अवसर पारी रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

रक्तदान कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, नेकपा एमालेका गण्डकी सचिवालय सदस्य तथा बानपाका निर्वतमान नगर प्रमुख जनकराज पौडेल, नेकपा एमाले जिल्ला कमिटि सचिव विष्णु भुषाल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य रेशम घर्ति मगर, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य शेखर खड्का (झलक) लगायतले मठमन्दिरमा पुजा गरे जस्तै रक्तदान गर्नु अझै परोपकारी कार्य भएको बताउनुभयो । वक्ताहरुले रक्तदान गर्ने मानिसले जीवनदान गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गर्न आव्हान गर्नुभयो ।

धौलागिरी बहुमुखी क्याम्पसको प्राङगणमा आयोजित कार्यक्रममा २० जना युवा तथा विद्यार्थीले रक्तदान गर्नुभएको थियो । रगत अभावकै कारण उपचारमा अफ्ठ्यारो नपरोस भन्ने सन्देश दिनको लागि कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल बागलुङ नगर कमिटी निकेश अधिकारीले बताउनुभयो । आगामी दिनमा यस प्रकारका सामाजिक कार्यमा संलग्न हुने गरी अन्य कार्यक्रमको योजना बनाएको अधिकारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *