सुरक्षाकर्मीलार्ई विपद् उद्दारको नमूना अभ्यास


आदर्श अनलाइन, बागलुङ

तीन जिल्लाका सुरक्षाकर्मीलाई विपद् उद्दारका लागि नमूना अभ्यास तालिम दिइएको छ । संभावित विपद्मा उद्दारमा जुट्नका लागि सुरक्षाकर्मीलाई तीन दिने विपद् उद्दार नमूना तालिम दिइएको हो ।

विपद् व्यवस्थापन गुल्म, बागलुङको आयोजनामा बागलुङ, पर्वत र म्याग्दीका सुरक्षाकर्मीलाई बाढी पहिरोबाट उद्दार, आगलागीबाट उद्दार र भत्केका संरचनामा खोजी र उद्दारका विषयमा नमूना तालिम दिइएको थियो ।

तालिमको सोमबार बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालको प्रमुख आतिथ्यतामा समापन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विपद् व्यवस्थापनको पूर्व तयारीले विपद्मा हुन सक्ने घटना वा क्षतिलाई न्यूनिकरण गर्न, उद्दार र जीवन जोगाउन सहयोग पुग्ने बताउनुभयो ।

तालिममा जिल्ला प्रहरी कार्यालय बागलुङका पाँज प्रहरी, जिल्ला प्रहरी कार्यालय पर्वतका पाँच प्रहरी, जिल्ला प्रहरी कार्यालय, म्याग्दीका पाँच प्रहरी र विपद् व्यवस्थापन गुल्म बागलुङका पाँच प्रहरी, पाँच ससस्त्र प्रहरी र पाँच जना नेपाली सेना गरी ३० जना सुरक्षाकर्मीलाई तालिम प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । तालिमको नमूना अभ्यास विपद् व्यवस्थापनवस्थापन गुल्म बागलुङ र बाङ्गेचौर खेल मैदानमा गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *