कालीगण्डकी करिडोरको बागलुङ खण्ड अबरुद्ध

फाईल तस्विर

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करीडोर सडकको बागलुङ खण्ड अबरुद्ध भएको छ ।

बागलुङको जैमिनी नगरपालिकामा ठाउँ–ठाउँमा पहिरो खसेपछि कालिगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध भएको छ । जैमिनी नगरपालिकाको विनामारे, अर्जेवा लगाएतका ठाउँमा पहिरो गएर करिडोर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेराबाट वडाहरुमा जान समस्या भएको छ भने बागलुङबाट बुटवल जाने यात्रीहरुलाई समेत समस्या परेको छ ।

पहिरो पन्छाउँदै सडक सञ्चालन गरेपनि पुनः पहिरो जाने गरेकाले समस्या भइरहेको स्थानीयहरुको भनाई छ । बागलुङ बजारको मालढुङ्गा, वलेवा, जैमिनी नगरपालिकाको वडा नं १ कुश्मिसेरा, वडा नं ५ बिनामारे, वडा नं ६ अर्जेवा, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको तल्लो खण्डमा कालिगण्डकी करिडोर सडक पर्दछ ।

यस्तै जैमिनी नगरपालिकाको वडा नं ७ जैदी र वडा नं ८ छिस्ती जोड्ने चौरीखोलामा समयमा पुल नबन्दा स्थानीहरुलाई सास्ती भएको छ । कालिगण्डकी करिडोरमा पर्ने सो खोलामा राखिएको बेलिब्रिज निकालिएको र अर्को पुल निर्माण सम्पन्न नहुँदा हिँडेर खोला तर्न समेत कठिन भएको स्थानीय नविन अधिकारिले जानकारी दिनुभयो ।

करिडोर अन्तरगत सो खोलामा यातयात समेत सञ्चालन हुन सकेको छैन । सवारी साधनका लागि डाइभर्सन बनाएको भएपनि बर्खाको बाढीले बगाउँदा करिडोर हुँदै बुटवल पुग्ने बाटो अहिले अवरुद्ध रहेको छ । त्रिदेशयि लाईफलाइनको रुपमा रहेको कालीगण्डकी करिडोर अवरुद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *