विषालु च्याउ खादा ताराखोलाका चार बिरामी


आदर्श अनलाइन, बागलुङ

बागलुङको ताराखोला गाउँपालिकामा विषालु च्याउ खादा चार जना बिरामी परेका छन् ।

पहिचान नखुलेको विषालु च्याउ खादा ताराखोला गाउँपालिका–५ माटेविसौनाका एकै घरका मन कुमारी घर्ती, गम वहादुर घर्ती, दम वहादुर घर्ती र पाहुना वसेका म्याग्दी रुम घर भएका रविन रोका विरामी भएका छन् ।

घाइतेहरुको गलकोट ईमरजेन्सी पोलिकिल्निक हटियामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । हिजो बेलुका जंगलबाट ल्याएको च्याउ खाँदा उनिहरु विरामी परेपछि आज बिहान ३ बजे उपचारको लागि हटिया ल्याइएको छ । च्याउ खाउपछि उनिहरु विरामी बनेका थिए । उनिहरुको स्वस्थ्य अवस्था मध्यम रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *