ट्राफिक र सामाजिक विकास कार्यालयद्वारा बडिगाड र ढोरपाटनमा जनचेतना मुलक कार्यक्रम

आदर्श अनलाइन, बागलुङ
जिल्ला ट्राफिक कार्यालय बागलुङ र सामाजिक विकास कार्यालय बागलुङको संयुक्त आयोजनामा ढोरपाटन र बडिगाडमा ट्राफिक तथा लैंगित हिंसा सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर १ मा रहेको उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिबाङ र बडिगाड गाउँपालिका वडा नम्बर ५ को खारामा रहेको खारा माध्यमिक विद्यालयमा सचेतना मुलक कार्यक्रम गरिएको थियो ।

पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि दुर्घटना बढ्ना थलेपछि गाउँका विद्यालयहरुमा सचेताना मुलक कार्यक्रम गरेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख प्रहरी वरिस्ठ नायव निरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

त्यस्तै सामाजिक विकास कार्यालय बागलुङका प्रमुख डम्बर बहादुर जिसीले गाउँमा बढी लैगिंक हिंसा हुने र विद्यार्थी मार्फत यसको निराकरण गर्न सकिने भन्दै विद्यालयमा यो कार्यक्रम गरेको बताउनुभयो ।

केही दिन अगाडी निसीखोला गाउँपालिका वडा नम्बर ३ को प्रभा मावि र तमानखोला गाउँपालिका वडा नम्बर २ बोङ्गादोभान स्थित जनजागृति माविमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *