बागलुङ १० दिने ह्याण्ड ब्याग तालिम शुरु

रोहन जि.सी, बागलुङ
बागलुङ हस्तकला संघको आयोजनामा बागलुङ नगरपालिकाको आर्थिक सहयोगमा १० दिने लेदर लेडिज ह्याण्ड ब्याग बनाउने तालिम बुधबार देखी शुरु गरेको छ ।

तालिमको उद्घाटन बागलुङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष लक्ष्मण केसी (सनि)ले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले महिलाहरुको क्षमता विकास र आयआर्जनको काममा वडा कार्यालयले सदैव साथ दिने बताउनुभयो । उहाँले तालिमको माध्यमबाट जिवनस्तर उकास्ने खालको व्यवसाय संचालन गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा बागलुङ हस्तकला संघका संस्थापक संरक्षक प्रेम छोटाले महिलाको ज्ञान,सिप र क्षमता विकासको लागि तालिमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।

कार्यक्रममा बागलुङ हस्तकला संघका संस्थापक अध्यक्ष ईन्द्र कुमारी श्रेष्ठ, सल्लाहकार ईश्वर मलेपति, चन्द्र कुमारी श्रेष्ठ र पत्रकार कोपीला कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

१० दिनसम्म संचालन हुने तालिमको सहजिकरण रुद्रकली छन्त्यालले गर्ने सघंका महासचिव सम्झना श्रेष्ठले जानकारी दिनुभयो । तलिममा बिभिन्न क्षेत्रका २५ जना महिलाले सहभागिता जनाएका छन् ।

बागलुङ हस्तकला संघका उपाध्यक्ष ज्योती श्रेष्ठको अध्यक्षता, कोषाध्यक्ष सविना राजभण्डारीको स्वागत मन्तव्य र महासचिव सम्झना श्रेष्ठको संचालनमा कार्यक्रमको उद्घाटन सत्रको समापन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *