मन्त्री हेरफेरविरुद्ध उभिए एकीकृत समाजवादीका १० सांसद

आदर्श अनलाइन, काठमाडौं
एकीकृत समाजवादीका १० सांसद मन्त्री हेरफेरको निर्णयविरुद्ध उभिएका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८बुँदे ध्यानाकर्षण पत्र बुझाएकका उनीहरुले बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीमण्डल पुनर्गठन गर्न खोज्नुलाई स्वाभाविक मान्न नसकिने बताएका छन् ।

बिहीबार बुझाइएको ध्यानाकर्षण पत्र बुझाउने १० सांसदमा मन्त्रीबाट फिर्ता बोलाउने निर्णय भएका रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठ पन् िछन् । यस्तै कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण, धनबहादुर बुढा र निरा जैरु छन् ।

एकीकृत समाजवादीले २२ जेठमा चार मन्त्री (रामकुमारी, विरोध, प्रेम र कृष्णकुमार)लाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उनीहरुसँगै सरकारमा गएका स्वास्थ्यराज्यमन्त्री भवानी खापुङलाई भने मन्त्री बनाउने सिफारिस गरिएको छ । यस्तै मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्त्री र हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय भएको थियो । कुँवर गैरसांसद हुन् ।

बजेटमाथि छलफल भइरहेको भन्दै प्रधानमन्त्री देउवाले तत्काल मन्त्री हेरफेर गरेनन् । अहिले फिर्ता बोलाइएका मन्त्रीहरुसहित १० सांसदले पार्टी निर्णयप्रति असन्तुष्ट जनाएका छन् मन्त्रीहरुलाई अपराधी जस्तो व्यवहार गरिएको तथा बजेट पास भएपछि गठबन्धनमा सल्लाह गरेर निर्णय गर्ने निर्णय विपरीत आजै/भोलि नयाँ मन्त्रीलाई सपथ गराउन प्रधानमन्त्रीलाई दबाव दिनु अनुचित भएको उनीहरुले बताएका छन् । अध्यक्ष नेपाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छन्, ‘मन्त्रीहरुले संसदमा बजेटसम्बन्धी आफ्नो धारणा राख्ने र माननीय सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएर बजेट पास भएपछि छाड्छौं भन्ने प्रतिवद्धतालाई कमजोरी ठानियो । यो व्यवहारप्रति हामी गम्भीर छौं ।’

१० सांसदले प्रस्तावित मन्त्रीहरु असमावेशी र असन्तुलित भएको समेत बताएका छन् । पालैपालो मन्त्री बनाउने नेतृत्वको भनाइलाई सही मान्ने हो भने सबैलाई एउटौ मापदण्ड नभएको, गैरसांसद र एउटै जिल्लाबाट दुई जना मन्त्री सिफारिस भएको र पुराना र नयाको सन्तुलन नमिलेको पनि सांसदहरले बताएका छन् ।

एकीकृत समाजवादीले मन्त्रीलाई फिर्ता बोलाउँदा राज्यमन्त्री खापुङलाई मन्त्री बनाउने सिफारिस गरेको छ । गैरसांसद कुँवरलाई पर्यटनमन्त्री सिफारिस गरिएको छ भने दाङबाट मेटमणि चौधरी मन्त्री र हिरा केसी राज्यमन्त्री सिफारिस भएका छन् । नयाँ टिममा महिला र कर्णालीको पनि प्रतिनिधित्व छैन ।

१० सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन तथा पुरानो टिम पुरै फिर्ता र नयाँ टिम सन्तुलन र समावेशी सिद्धान्तका आधारमा सिफारिस गर्न माग गरेका छन् ।

ध्यानाकर्षण पत्र बुझाउने मध्येका एक सांसद गोपाल बम भन्छन्, ‘आज पोलिटब्यूरोको बैठक छ, भोलि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । त्यहाँ छलफल होस्, मन्त्री हेरफेरको निर्णयमा भएका कमीकमजोरीबारे नेतृत्वको ध्यान पुगोस् भनेर हामीले ध्यानाकर्षण्मा गराएका हौं ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *