बागलुङमा ‘नेपाली कल्चरल डान्स ब्याटल’ हुने

आदर्श अनलाइन, बागलुङ
प्रबुद्ध युवा समूह र बागलुङ नृत्य समुदाय बागलुङले ‘प्रथम नेपाली कल्चरल डान्स ब्याटल’को आयोजना गरेको छ । आउँदो शनिबार संचालन हुने प्रतियोगिताका लागि सबै तयारी पुरा भएको आयोजकले जनाएकाे छ। नृत्य प्रतियोगिता ‘जि.ओ.डी’ र ‘सोल’ को सहकार्यमा हुनेछ ।

पुरानो नृत्यलाई अझ पुरानो बनाउने र नयाँ किसिमको नृत्यलाई झन् नयाँ बनाउने उदेश्यका साथ ब्याटल आयोजना गरिएको कार्यक्रम संयोजक रोहन भण्डारीले जानकारी दिनुभयाेे । बागलुङलाई नृत्यको हब बनाउने उदेश्य सहित प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । वर्षेनी बागलुङमा दजनौँको संख्यामा नृत्यका विद्यार्थी उत्पादन हुने गरेका छन् । नृत्यबाट छरिएर रहेका युवाहरुलाई एकिकृत गर्ने समेत अपेक्षा गरिएको समूहका अध्यक्ष दिपेश सुनारले बताउनुभयाे ।

यस अघि ‘द क्लचर’ नाम गरि दुईपटक नृत्यका कार्याक्रम सम्पन्न भैसकेको छन् । ब्पाटलमा दुई जनालाई एकैपटक नृत्य गर्न लगाईनेछ । नृत्य गर्नेलाई ४० सेकेण्डको समय रहने र संगितपनि फरकफरक रहने छन् । ब्याटलका लागी बागलुङका विभिन्न स्थानीय तह, बैँक तथा विद्यालयहरुले सहयोग गरेको संयोजक विशेष पराजुलीले जानकारी दिनुभयाे ।

प्रतियोगिता शिक्षाका लागि राष्ट्रिय अभियानका अध्यक्ष एवं युवा नेता डिल्लीराम सुवेदीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपाली कल्चरल डान्सको प्रवर्द्धन र प्रचारका लागि यो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएकाे छ । आयोजकले नृत्यमा इच्छा भएका बालबालिकालाई अभिमुखिकरण समेत प्रदान गरेको छ । प्रतियोगितामा प्रथम हुनेले २० हजार रुपैयाँ सहित प्रमाणपत्र र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने फर्स्ट रनर अपले १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी जिल्ला बाहिरका लागि ८ सय रुपैयाँ र जिल्ला भित्रका लागि १ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।

प्रतियोगिताभा झण्डै ३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता शनिबार विहान ११ बजे देखी बागलुङको ब्राउन आईज रेष्टुरेण्ट सँगै रहेको कालिगण्डी फिल्म हलमा संचालन हुने छ । प्रतियोगिताका लागि बागलुङ सँगै पोखरा, दाङ, बुटबल, पर्वत लगायतका नौ वटा जिल्लाबाट सहभागि हुने आउने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *