बागलुङमा अन्तर विद्यालय स्तरीय शिक्षकहरुको फुटसल प्रतियोगिता शुरु

रोहन जि.सी, बागलुङ
बागलुङमा अन्तर विद्मालय स्तरिय शिक्षकहरुको फुटसल प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ । चिल्ड्रेन लाईफ इङ्गिलस बोर्डिङ स्कुलको आयोजना तथा चिल्ड्रेन लाईफ स्पोर्टस क्लब बागलुङको सह आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो ।

No description available.

प्रतियोगिताको उद्घाटन जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै राजभण्डारीले शिक्षकहरुले पाठ्यक्रमको शिक्षणमा मात्र नभएर खेल क्षेत्रको सिकाइमा पनि सबल रहु तथा जोडिन आव्हान गर्नुभयो ।

No description available.

कार्यक्रममा प्याब्सन बागलुङका अध्यक्ष दल बहादुर थापा, चिल्ड्रेन लाईफ स्पोर्टस क्लबका मुख्य प्रशिक्षक दिपक थापा मगर, उक्त प्रतियोगिताका निर्णायक नरेन खत्री, इश्वर श्रीस, रञ्जन खत्रीले लगायतले कार्यक्रमको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

No description available.

उद्घाटन कार्यक्रम चिल्ड्रेन लाईफ इङ्गिलस बोर्डिङ स्कुलका प्रधानध्यापक नवराज श्रेष्ठको अध्यक्षता, शिक्षक सुरेश सुनारको सञ्चालन तथा शिक्षक दिपक सुवेदीको स्वागतमा सम्पन्न भएको थियो ।

No description available.

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक चिल्ड्रेन लाईफ सेतोले गरिमा आवासीय मा.विलाई १०(२ गोलको अन्तरले पराजित गरेको हो । उक्त खेलमा आयोजक टिमका तार्जन कायत मगर म्यान अफ द म्याच घोषित भई पुरस्कृत हुनुभएको चिल्ड्रेन लाईफ स्पोर्टस क्लबका सौगात खड्काले बताउनुभयो । प्रतियोगितामा १२ विद्मालयको सहभागिता रहेको खड्काले जानकारी दिनुभयो ।

No description available.

अन्तिम ८ टिमबाट ४ टिम सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त अन्तिम ४ टिममा चिल्ड्रेन लाईफ सेतो, फ्युचर बाईटर, धौलागिरी आवासीय मा.वि र कालीगण्डकी आवासीय मा.वि रहेको छन् । प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेल असार ११ गते शनिबार हुने चिल्ड्रेन लाईफ स्पोर्टस क्लबका फुटबल प्रशिक्षक लोकेन्द्र पुनले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टोलीले रु ११ हजार १११, ट्रफि, मेडल र प्रमाण पत्र तथा उपविजेता टोलीले रु ५ हजार ५५५, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने चिल्ड्रेन लाईफ स्पोर्टस क्लबका दिपेश मल्ल ठकुरीले जानकारी दिनुभयो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने चिल्ड्रेन लाईफ स्पोर्टस क्लबका सुशिल भण्डारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *