मातृभूमि बहुउदेश्यीय सहकारीले मनायो १५ औँ स्थापना दिवस

आदर्श अनलाइन, बागलुङ

मातृभुमी बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङले रामानुज आश्रम निरयघाटमा भाँडाकँुडा तथा खाद्यान्न हस्तान्तरण गरेको छ ।

संस्थाले आफ्नो १५ औ स्थापना दिवसका अवसरमा आश्रममा बसोबास गर्ने जेष्ठ नागरिकको सहजताका लागि भाँडाकुडा तथा खाद्यान्न सहयोग गरेको हो । सो अवसरमा बोल्दै बागलुङ नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष जय बहादुर केसीले मातृभुमी सहकारी संस्थाले आश्रम लाई गरेको सहयोग महत्वपुर्ण रहेको बताउनुभयो । अप्ठेरोमा परेका संघसंस्था तथा आश्रम संचालनका लागि आफ्नो तर्फ बाट पनि सक्दो सहयोग गर्ने केसीले प्रतिवद्धता जनाउनुभयो ।

त्यस्तै आश्रमकी संचालिका पुरुषोत्तम आमाले आश्रम संचालनका लागि मातृभुमी सहकारीले गरेको सहयोग महत्वपुर्ण रहेको भन्दै धन्यबाद व्यक्त गर्नुभयो ।

मातृभूमि सहकारी संस्था लि. का अध्यक्ष गुणराज पौडेलले सहकारीबाट आउने मुनाफा बाट आफुहरुले स्थापना दिवसका अवसरमा धार्मिक तथा अन्य कठिनाईमा परेका संघसंस्थाका लागि सक्दो सहयोग गर्दै आएको बताउनुभयो ।

कार्यक्रम मातृभुमी सहकारी संस्थाका लि. का अध्यक्ष गुणराज पौडेलको अध्यक्षता, शिक्षा उपसमिति संयोजक रामचन्द्र शर्माको स्वागत मन्तव्य र सविच राम प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

२०६५ सालमा स्थापना भएको मातृभुमी सहकारी संस्थामा हाल करिब ४ सय शेयर सदस्य र २ करोड ५० लाख शेयर पुंजी रहेको संस्थाका सचिव राम प्रसाद शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *