नयाँ मन्त्रीहरुले लिए सपथ

आदर्श अनलाइन, पोखरा

नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।आज बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन् ।

आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई स्वास्थ्य तथा जनसंख्या, र शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नियुक्त गरेका थिए । यस्तै हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

शपथ समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दकिशोर पुन‚ प्रधानमन्त्री शेरबहादुर देउवा‚ सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *