जन्मदिनमा मानव सेवा आश्रमलाई खाद्यन्न सहयोग


आदर्श अनलाइन, बागलुङ

जन्मदिनको अवसरमा यहाँको मानव सेवा आश्रमलाई खाद्यन्न सहयोग प्रदान गरिएको छ । जन्मदिनमा हुँने फजुल खर्च कटाएर बागलुङ नगरपालिका–८ सिगाना निवासी हाल जापानमा रहनुभएको अनिसा कार्कीले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई खाद्ययन्न सहयोग गर्नुभएको छ । २४ औं जन्मदिनको अवसरमा मानव सेवा आश्रम बागलुङलाई दुई बोरा चामाल, एक कार्टुन तेल, दाल, तरकारी, चाउचाउ र मसला सहयोग गर्नुभएको हो ।

अनिसा कार्कीका आमा सुमित्रा कार्कीले आश्रमका अभिभावक निर्मल श्रेष्ठलाई उक्त खाद्यन्न हस्तान्तरण गर्नुभएको हो । आश्रममा अहिले ४९ जना सहयोगापेक्षी, असहाय तथा सडक मानिसहरु आश्रय लिएर बस्नुभएको छ । आश्रममा जन्मदिन, पूण्य तीथि लगायतको समयमा प्राप्त खाद्यन्न तथा नगद सहयोगबाट आश्रम सञ्चालनमा आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *