रामरेखा सामुदायिक सेवाकेन्द्रद्वारा जनप्रतिनिधिलाई स्वागत


आदर्श अनलाइन, बागलुङ

रामरेखा सामुदायिक सेवाकेन्द्रद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

रामरेखामा रहेको आफ्नै कार्यालयमा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुरमा श्रेष्ठ, वडा अध्यक्ष जय बहादुर केसी लगायतका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

नवनिर्वाचित नगरप्रमुख, वडा अध्यक्ष तथा वडासदस्यलाई रामरेखा सामुदायिक सेवा केन्द्रका अध्यक्ष दुर्गा बहादुर आचार्य, वडा सदस्यहरु शान्तीदेवी शर्मा, टिकादेवी सार्की, सोमबहादुर बोहोरा र कृष्णबहादुर कार्कीलाई स्वागत तथा सम्मान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सामुदाय, प्रहरी र जनप्रतिनिधि मिलेर समाजलाई अपराध रहित बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका उपसभापती राजेन्द्र आचार्यले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम रामरेखा सामुदायिक सेवा केन्द्रका अध्यक्ष दुर्गा बहादुर आचार्यको अध्यक्षता, उपाध्यक्ष सम्भु आचार्यको स्वागत तथा सचिव लक्ष्मी बोहोराको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *