निसीखोला–५ को जनता प्राविलाई १० लाख बराबरको निःशुल्क जग्गा प्राप्त

आदर्श अनलाइन, बागलुङ
निसीखोला गाउँपालिका वडा नम्बर ५ मसालगाउँ स्थित जनता प्राथमिक विद्यालयलाई निशुल्क जग्गा प्राप्त भएको छ ।

निसीखोला–५ स्थायी घर भैइ हाल कपिलवस्तु बस्दै आउनु भएका गोविन्द प्रसाद सापकोटा, काठमाडौं बस्दै आउनु भएका लिलानाथ सापकोटा र अमेरिका निवासी चन्द्रनाथ सापकोटाले आफ्नो आमाको सम्झनामा दुई रोपनी तीन आना जग्गा निशुल्क रुपमा उपलब्ध गउनु भएको हो ।

उहाँहरुले १० लाख मूल्य बराबरको जग्गा प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणसिंह छन्त्यालले जानकारी दिनुभयो । कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा १३० जना विद्यार्थी रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *