जनताको बहुदलीय जनवाद र अभिव्यक्ती स्वतन्त्र विषयक अन्तरसंवाद

आदर्श अनलाइन, बागलुङ

जननेता मनदभण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको आयोजनामा जनताको बहुदलीय जनबाद र अभिव्यक्ती स्वतन्त्रता विषयक अन्तरक्रिर्या कार्यक्रममा सम्पन्न गरिएको छ ।

अन्तरसंवादलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा संघीय सांसद मन कुमारी केसीले मदनभण्डारीले लिएका नीति र सिद्धान्तलाई जनताले मार्गदर्शनका रुपमा लिएको बताउनुभयो ।

‘जनताको बहुदलीय जनवादले एमाले जनताको मनमुटुमा बस्न सफल भएको हो, मदन भण्डारीको भाषण र उहाँले औलाएका सिद्धान्तका कारण एमालेप्रति जनलहर बढेको समेत छ” केसीले भन्नुभयो “अझैपनि उहाँको सिद्दान्त, विचारका कारण प्रभावितहुनेहरु धेरै छन्, अभिव्यक्ति स्वतन्ताका पक्षमा समेत भण्डारीको सिद्दान्तले सहयोग गरेको छ ।”

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य कृष्ण बहादुर केसी, नेकपा एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसी, गण्डकी प्रदेश सदस्य हरीनारायण गौतम, एमाले जिल्ला सचिव विष्णु भूषाल, प्रेस चौतारीका केन्द्रिय सदस्य तारानाथ आचार्य, प्रेस सेन्टरका केन्द्रिय सदस्य मुकेश राजभण्डारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम प्रेस चौतारी बागलुङका अध्यक्ष नविन शिशिर विकको अध्यक्षता, उपाध्यक्ष सृजना पन्तको
स्वागत तथा सचिव कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *