सकियो बागलुङका आयोजित सहकारीकर्मीलाई व्यवस्थापन तालिम

आदर्श अनलाइन, बागलुङ
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराको आयोजना तथा जिल्ला सहकारी संघ लिमिटेड बागलुङको संयोजनमा संचालित ६ दिने सहकारी व्यवस्थापन तालिम मंगलबार सम्पन्न भएको छ ।

तालिमको समापनमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) ले सहकारी क्षेत्रलाई थप प्रभावकारी र सहज रुपमा सञ्चालनका लागि तालिममा सिकेका कुरालाई सहकारी व्यवस्थापनमा लागु गर्न आग्रह गर्नुभयो । उहाँले सहकारीमा देखिएका चुनौतीको सामना गर्दै अवसरहरुको सदुपयोग गर्न सहकारीकर्मीहरुलाई आव्हान गर्नु भयो ।

कार्यक्रमका अध्यक्ष सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार उदयबहादुर पराजुलीले सहकारी आर्थिक विकासको महत्वपूर्ण पाटो भएकाले यसको प्रभावकारीताका लागि व्यवस्थापनमा ध्यानदिनु पर्नेमा जोड दिनुभयो ।

व्यवस्थापनको पाटो सहकारीको सबैभन्दा महत्वपूर्ण विषय भएकाले सहकारी क्षेत्रमा लाग्ने सबैले सहकारीको सही व्यवस्थापनमा ध्यान दिनु पर्ने भन्दै उहाँले तालिम मार्फत सहकारीकर्मीहरुलाई व्यवस्थापनको प्रभावकारितामा सहयोग पुग्न र यस सिकाइले उहाँहरुको नेतृत्व विकासमा मदत पुग्ने बताउनुभयो ।

तालिममा सहकारी व्यवस्थापन, सहकारीको व्यवस्थापनमा सञ्चालक, कर्मचारी र सदस्यहरुको भूमिका, सहकारीमा नेतृत्व विकास, सहकारीमा सुशासन, सहकारीको संरचनागत अवस्था लगायतका विषयमा सहजीकरण गरिएको थियो ।

तालिम समापन कार्यक्रमको सञ्चालन सहकारी रजिष्ट्रारको कार्यालय पोखराका अधिकृत सूर्यप्रसाद आचार्यले गर्नु भएको थियो । तालिममा बागलुङका विभिन्न सहकारी संघ संस्थाका २५ जना सहकारीकर्मीको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *