बागलुङमा १० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

रोहन जि.सी, बागलुङ
बागलुङमा आजदेखि १० औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा असार १६ र १७ गते बागलुङमा संचालन हुने गरि १० औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु हुन लागेको हो ।

खेलमा सहभागीताका लागि जिल्लाका १० वटै पालिकामा पत्रचार गरि छनौट खेल पनि सम्पन्न भैसकेको र १० पालिकाका बिद्यार्थी खेलाडिको सहभागीतामा बागलुङ सदरमुकाममा जिल्ला स्तरीय प्रतियोगिता संचालन गर्न लागिएको जिल्ला खेलकुद बिकास समितिका सचिव तारा शर्माले जानकारी दिनुभयो ।

प्रतियोगितामा भलिबल, कबडी, मार्सल आर्टस तर्फ तेक्वाण्दो, कराँते, उसु र एथलेटिक्स तर्फ हाइजम्प, लङ्जम्प, दौड लगाएतका खेल समावेस हुने शर्माले बताउनुभयो । जिल्ला स्तरीय खेल सम्पन्न भएसंगै विजेता तथा उत्कृष्टलाई छनौट गरि यहि असार २३ र २४ गते हुने गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराइने समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

जिल्ला स्तरिय प्रतियोगितामा प्रथम हुनेलाई नगद सहित राष्ट्रपति रनिङ शिल्ड, मेडल र प्रमाण पत्र, द्धितीय हुनेलाई नगद सहित मेडल र प्रमाण पत्र तथा तृतीय हुनेलाई नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष खड्काले बताउनुभयो । उत्कृष्टलाई पनि पुरस्कार प्रदान गरिने समितिले जनाएको छ । प्रतियोगिताका लागि ३ लाख खर्चको अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *