बागलुङमा अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने

आदर्श अनलाइन, बागलुङ
बागलुङमा भोलिदेखि अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिता शुरु हुने भएको छ । गुठी युनाईटेड क्लबको आयोजनामा असार १७ र १८ गते बागलुङमा संचालन हुने गरि अन्तर विद्मालय स्तरीय फुटसल प्रतियोगिता शुरु हुन लागेको हो ।

उक्त प्रतियोगिताको लागि १८ भन्दा बढि विद्मालयको सहभागीतामा प्रतियोगिता संचालन गर्न लागिएको गुठी युनाईटेड क्लबका कार्यक्रम संयोजक इश्वर श्रीसले जानकारी दिनुभयोे ।

खेलमा सहभागि विद्मालयका १० कक्षा भित्रका विद्मार्थीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । सो प्रतियोगिताको उद्घाटन जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले गर्नुहुने छ ।

प्रतियोगिताको पहिलो चरणको खेल भोलि शुक्रबार हुने र सेमिफाइनल र फाइनल खेल शनिबार हुने गुठी युनाईटेड क्लबका नरेन खत्रीले जानकारी दिनुभयो । विद्मार्थीहरु पढाईका साथसाथै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा सक्रिय बन्न प्रेरणा बनोस् भनि प्रतियोगिताको आयोजना गरिएको खत्रीले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टोलीले १५ हजार ५५५, मेडल, ट्रफी र प्रमाण पत्र र दोस्रो टोलीले ७ हजार ७७७, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुन गुठी युनाईटेड क्लबका रोहित खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *