नेपाल स्वास्थ्य प्राविधिक सघं बागलुङद्धारा मानव सेवा आश्रमलाई स्वास्थ्य सरसफाई र खाद्य सामग्री सहयोग

आदर्श अनलाइन, बागलुङ

नेपाल स्वास्थ्य प्राविधिक सघं बागलुङले आफ्नो ४४ औ स्थापना दिवस मानव सेवा आश्रम बागलुङमा मनाएको छ । आश्रममा बिहिबार एक समारोहको आयोजना गरी स्वास्थ्य सामग्री तथा खाद्यान्न सहयोग गरी सघंले स्थापना दिवस मनाएको हो ।

कार्यक्रमको उद्घाटन नेपाल स्वास्थ्य प्राविधिक सघं नेपालका केन्द्रिय उपाध्यक्ष राम प्रसाद खनालले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले स्वास्थ्यकर्मीहरु स्वास्थ्यको प्रवद्धन गर्ने रक्षा गर्ने र उपचार गर्ने कार्यमा अहोरात्र खटिदै मानविय सेवामा लाग्नुपर्ने बताउनुृभयो ।राज्यले स्वास्थ्यकर्मी लाई सिमिति अधिकार दिएको छ,‘ खनालले भन्नुभयो ‘सिमित अधिकारको प्रयोग गर्दै गरिबी र हातमुख जोर्न कठिनाई भएको समुदायमा गएर सक्दो सहयोग गर्दै आएका छौ ।

खनालले पेशागत हक अधिकार सुनिश्चित गर्दै राष्ट्रले सबै वर्ग र समुदायका मानवको स्वास्थ्य रक्षा हुने खालको ऐननियम ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष घनश्याम सापकोटा, संगठनका केन्द्रिय सदस्य तेज प्रसाद निउरे र नेपाल स्वास्थ्यकर्मी सघं गण्डकी प्रदेश कमिटिका उपाध्यक्ष देव प्रकाश घिमिरेले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेपाल स्वास्थ्य प्राविधिक सघं बागलुङका अध्यक्ष सोमराज पाण्डेको अध्यक्षता, उपाध्यक्ष ऋषिराम शर्माको स्वागत मन्तव्य र सविच बिष्णु शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *