बागलुङमा अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिता शुरु

आदर्श अनलाइन, बागलुङ
बागलुङमा अन्तर विद्यालय स्तरिय फुटसल प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ । उक्त प्रतियोगिता गुठी युनाईटेड क्लबको आयोजनामा शुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै राजभण्डारीले विद्मार्थीहरुले पाठ्यक्रमको शिक्षामा मात्र नभएर खेल क्षेत्रको सिकाइमा पनि सबल रहन तथा जोडिन आव्हान गर्नुभयो ।

कार्यक्रममा जिल्ला फुटबल संघ बागलुङका उपाध्यक्ष राहुल बोहोरा, जिल्ला फुटबल संघ बागलुङका महासचिव रेशम गोतामे, उक्त प्रतियोगिताका निर्णायक इश्वर श्रीस, सज्जन खड्का, रञ्जन खत्री लगायतले कार्यक्रमको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रम गुठी युनाईटेड क्लबका अध्यक्ष राजेश जि.सीको अध्यक्षता, रोहन जि.सीको सञ्चालन तथा क्लबका उपाध्यक्ष सगुन राजभण्डारीको स्वागतमा सम्पन्न भएको थियो ।

खेलमा सहभागि विद्मालयका १० कक्षा भित्रका विद्मार्थीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा १९ विद्मालयको सहभागिता रहेको गुठी युनाईटेड क्लबका रोहित खड्काले जानकारी दिनुभयो ।

प्रतियोगिताको पहिलो दिन भएको पहिलो चरणको ७ खेलबाट ७ टिम दोसं्रो चरणमा प्रवेश गरेका छन् । पहिलो चरणको खेलमा चिल्ड्रेन लाईफ (निलो), भिमसेन मा.वि, फ्युचर ब्राईटर (निलो), फ्युचर ब्राईटर (सेतो), सिदार्थ शिक्षा सदन (बि), विद्मामन्दिर मा.वि, अमृत आदर्श विद्मामन्दिर विजय भएको छ ।

प्रतियोगिताको दोस्रो चरणको खेल तथा बाँकी सेमिफाइनल र फाइनल खेल शनिबार हुने गुठी युनाईटेड क्लबका नरेन खत्रीले जानकारी दिनुभयो । विद्यार्थीहरु पढाईका साथसाथै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा सक्रिय बन्न प्रेरणा बनोस् भनि प्रतियोगिताको आयोजना गरिएको खत्रीले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टोलीले १५ हजार ५५५, मेडल, ट्रफी र प्रमाण पत्र र दोस्रो टोलीले ७ हजार ७७७, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुन गुठी युनाईटेड क्लबका उपेन खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *