अन्तर्राष्ट्रिय सहकारी दिवसमा कैदी बन्दीहरुलाई खेलकूद सामग्री र प्याड वितरण

रोहन जि.सी, बागलुङ
१०० औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङले जिल्ला कारागार कार्यालय बागलुङका कैदी बन्दीहरुका लागि खेलकूद सामग्री र महिलाहरुका लागि प्याड सहयोग गरेको छ ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङले आदर्श सञ्चार सहकारी संस्था, गुहेली सञ्चार सहकारी संस्था, कालिका महिला विकास सहकारी संस्था, महिला हित वचत तथा ऋण सहकारी संस्था र सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्थासंगको सहकार्यमा सामग्री हस्तान्तरण गरेको हो ।

कैदी बन्दीहरुका लागि भलिवल, नेट, क्यारमबोर्ड लगायत खेलकूद सामग्री र महिला बन्दीहरुका लागि प्याड सहयोग गरिएको संघले जनाएको छ ।
कारागार कार्यालयका प्रमुख दिल बहादुर केसीलाई जिल्ला सहकारी संघका उपाध्यक्ष पिंगला खड्का जिसी, सल्लाहकार राम बहादुर जिसी र दिपक गौतमले खेलकूद सामग्री हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा संघका सल्लाहकार राम बहादुर जिसी, संघका सल्लाहकार दिपक गौतम, कारागार कार्यालयका प्रमुख दिल बहादुर केसीले सहकारीको अन्तर्राष्ट्रिय दिवस र अभियानका तर्फबाट भएका कार्यहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका उपाध्यक्ष पिंगला खड्का जिसीको अध्यक्षता, सञ्चालक खिम बहादुर कार्कीको स्वागत र सञ्चालक जगन्नाथ सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

बागलुङ कारागारमा १ सय ७३ जना पुरुष र १० जना महिला बन्दीहरु रहेका छन् । महिला बन्दीगृहमा ३ जना बालबालिका रहेको कारागार प्रमुख केसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *